व्यावहारिक लेखन
१. निवेदन
कुनै अड्डा, कार्यालय वा अधिकारीसमक्ष आफ्नो माग वा अनुरोध औपचारिक रूपमा पेस गर्ने लेखन निवेदन हो । यसमा माथि सम्बोधन (श्रीमान् ...), विषय, मूल अनुरोध, निवेदकको नाम, ठेगाना र मिति हुन्छन् । भाषा शिष्ट, संक्षिप्त र आदरपूर्ण हुनुपर्छ ।
२. औपचारिक पत्र र व्यावसायिक पत्र
औपचारिक पत्रमा पठाउनेको ठेगाना, मिति, प्राप्तकर्ताको ठेगाना, विषय, सम्बोधन, मूल कुरा र आदरसूचक समापन हुन्छन् । व्यावसायिक पत्र व्यापार-व्यवसायसित सम्बन्धित हुन्छ, जस्तै अर्डर, सोधपुछ, गुनासो पत्र । यस्ता पत्र विषयकेन्द्रित, स्पष्ट र औपचारिक हुनुपर्छ ।
३. सूचना
कुनै जानकारी सर्वसाधारण वा सम्बन्धित पक्षलाई औपचारिक रूपमा पुर्याउने लेखन सूचना हो । यसमा संस्थाको नाम, सूचना शीर्षक, मिति, विषयवस्तु र जारी गर्ने अधिकारीको नाम हुन्छ । भाषा छोटो, स्पष्ट र तथ्यपरक हुनुपर्छ ।