Nepali · Chapter 1
Study notes aligned to the official NEB syllabus.
'वीर पुर्खा' वासुदेव त्रिपाठीद्वारा रचित कविता हो । चारओटा श्लोक रहेको यस कवितामा वीर पुर्खाहरूको अदम्य साहस, पौरख र राष्ट्रप्रेमको यशोगान गरिएको छ ।
क) कवितामा कतिओटा श्लोक छन् ?
कवितामा चारओटा श्लोक छन् ।
ख) कुन कुन पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ?
पहिलो पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ।
ग) समान पदसङ्ख्या भएको श्लोक कुन हो ?
समान पदसङ्ख्या भएको श्लोक दोस्रो हो ।
घ) कुन पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ?
तेस्रो पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ।
ङ) कवितामा प्रयोग भएका नदी र स्थानको सूची बनाउनुहोस् ।
वीर पुर्खाहरूले दुस्मनको किल्लामा आक्रमण गर्दा र वैरीसामु लड्दाभिड्दा अदम्य साहस देखाएका थिए । त्यस तुफानी जातिलाई विश्वको कुनै पनि तागतले छेक्न र थेग्न सकेन । वीर पुर्खाको तुफानी जातिलाई कुनै पनि पहाड वा खोलाले थेग्न सकेन, न त कुनै आँधीले नै रोक्न सक्यो । वीर पुर्खाको अदम्य साहसका अगाडि विश्वको कुनै पनि तागत टिक्न सकेन, गोर्खाली वीरका सामु घुँडा टेक्यो । हावामा कावा खाने गरुडको जस्तो वेग भएका शुर, वीर, बहादुर गोर्खालीको वेगलाई कुनै पनि आकाशको तागतले वा विश्वको शक्तिले नियन्त्रण गर्न सकेन ।
क) वीर पुर्खाको जातिलाई खोला र आँधीले छेक्न सक्दैन ।
ख) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।
ग) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
घ) बेत्रावतीको किनारमा नेपालीको पौरखको चिनो छ ।
ङ) वीर पुर्खाहरूको रगत नेपालीको नसा नसामा छ ।
क) माथिको कवितांशमा हाम्रा पुर्खाहरूका बारेमा के प्रस्तुत गरिएको छ ?
यस कवितांशमा अदम्य साहस र बहादुरीका साथ वीरता प्रदर्शन गर्ने वीर जाति गोर्खालीका रूपमा विश्वले हाम्रा पुर्खाहरूको वीरताको यशोगान गाइरहेको कुरा प्रस्तुत गरिएको छ । पुर्खाहरू ऐतिहासिक कालखण्डमा नालापानीमा अङ्ग्रेजसँग लड्दा होस् वा दिगर्चामा तिब्बतीसँग लड्दा होस्, वैरीसँग अदम्य साहसका साथ लडेका थिए । नेपालको सीमा विस्तार गर्ने क्रममा बेत्रावती नदी किनार हुँदै तिब्बतीसँग युद्ध लडेका पुर्खाले विजय प्राप्त गरेका थिए, जहाँ पुर्खाहरूको डोब अथवा चिनो अझै पनि हुन सक्दछ । उनीहरूले कहिल्यै वैरीसामु घुँडा टेकेनन्, न त लोभलालचमा परेर स्वाभिमान नै गुमाए ।
ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्दछौं ?
सुन्दर, शान्त, विशाल र अखण्ड नेपाल वीर पुर्खाहरूको त्याग, तपस्या, बलिदान एवं रगत र पसिनाले आर्जेको मुलुक हो । तिनै पुर्खाको त्याग र बलिदानले नै हामी नेपाली बन्न र भन्न पाएका हौं । हामीले पुर्खाले रचेको स्वर्णिम इतिहासलाई मनन गरी पुर्खाले देखाएको वीर गोर्खालीको पदचापलाई अनुसरण गर्नुपर्छ । राष्ट्रियतालाई प्राणभन्दा प्यारो ठान्नुपर्छ । इतिहास मनन गरी राष्ट्र निर्माणमा जुट्नुपर्छ । राष्ट्रियतालाई बन्धक बनाई कहिल्यै वैरीसामु आत्मसमर्पण गर्नुहुन्न ।
ग) 'सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।' यस कथनको तात्पर्य के हो ?
नेपालीको वीरताको चर्चा परिचर्चा नेपाल र आसपासका क्षेत्रमा मात्र नचली संसारभर चलेको छ र जस्तोसुकै वीर योद्धा पनि नेपालीकै नामले पहिचान हुने गरेको छ भन्ने नै यस कथनको तात्पर्य हो ।