Nepali · Chapter 11
Study notes aligned to the official NEB syllabus.
'रारा भ्रमण' दैनिकी विधाको रचना हो । यसमा लेखकले गुल्मीबाट रारा तालसम्मको यात्रा र राराको प्राकृतिक सौन्दर्यबाट पाएको अनुभूति प्रस्तुत गरेका छन् ।
हामी पोखराबाट रारा तालको अनुपम सौन्दर्य हेर्नका लागि नेपाली भाषाको उद्गम स्थल सिंजा हुँदै दुई दिनको यात्रापश्चात रारा पुगेका थियौं । रारा राष्ट्रिय निकुञ्ज नजिकै बसेर सदाबहार वनस्पतिले घेरिएको राराको जलको अनुपम सौन्दर्यबाट मन्त्रमुग्ध बनी पुनः भेट्न आउने वाचा गरी आफ्नै गन्तव्य पोखरा फर्कयौं ।
क)
ख)
ग)
घ)
ङ)
च)
क) रारा तालका बैतल लहरहरू कस्ता थिए ?
रारा तालका बैतल लहरहरू बैंसले उच्छल्किएका र पिरती गाँस्न तताएका जस्ता थिए ।
ख) राराले शासकलाई पनि कसरी कवि बनाउन सक्दो रहेछ ?
राराले शासकलाई आफ्नो प्राकृतिक सौन्दर्यको जादुले कवि बनाउन सक्दो रहेछ ।
ग) राराको सुन्दरतालाई किन जादु भनिएको हो ?
रारालाई हेर्न आउने पर्यटकहरूको दिल चोर्ने क्षमता भएकाले राराको सुन्दरतालाई जादु भनिएको हो ।
घ) राराको प्राकृतिक सौन्दर्यको वर्णन कसरी गरिएको छ ?
यस अनुच्छेदमा बैंसले उच्छल्किएका जस्ता बैतल लहरहरू किनारसम्म आएर पर्यटकहरूसँग पिरती गाँस्न तताएका जस्ता देखिने र पर्यटकको दिल चोर्न सदा जादु देखाउने क्षमता रारा तालमा छ भनी सौन्दर्यको वर्णन गरिएको छ ।
क) सिंजा उपत्यकाको चिनारी दिनुहोस् ।
सिंजा उपत्यकाको वरिपरि रमणीय बस्ती र खेतीयोग्य जमिनलाई हिमनदीले सिँचाइ पुऱ्याउने सिंजा उपत्यका एउटा ऐतिहासिक स्थल रहेछ । तसर्थ पवित्रता र खाद्यान्नको भण्डार भएको ऐतिहासिक भूमि नै सिंजा उपत्यकाको चिनारी हो ।
ख) लेखकले सिंजादेखि रारासम्मको यात्रा कसरी पूरा गरे ?
लेखकले सिंजादेखि रारासम्मको यात्रा मालिका बोतादेखि चुहानलाई चिर्दै चौधी भन्ने ठाउँमा पुगी उकालिँदै घुर्चीको टेकमा रारा निकुञ्जको चेक पोस्टमा पुगेपछि पिनाडाँछ हुँदै रारा ताल नजिकैको सल्लेरीको जङ्गलमा पुगेपछि गाडी रोकेर झोला बोकी करिब एक घण्टा हिँडेर पूरा गरे ।
क) पाठका आधारमा राराको परिचय दिनुहोस् ।
समुद्री सतहदेखि करिब २९९० मिटर (करिब ९८१० फिट) को उचाइमा अवस्थित राराको लम्बाइ अधिकतम पाँच कि.मि. र चौडाइचाहिँ अधिकतम ३.३ कि.मि. छ । १०.८ वर्ग कि.मि. क्षेत्रफल रहेको यो तालले विशालता, उच्चता र भव्यता प्रदर्शन गरेको छ । चारैतिर सदाबहार वनस्पतिले भरिएका पहाडले घेरिएको राराको पानी नै हरियो देखिन्छ । राराका बैतल लहरहरू बैंसले उच्छल्किएका अनि पिरती गाँस्न तताएका देखिन्छन् । यहाँका प्रत्येक जडीबुटीका जरालाई राराले नै अमृत प्रदान गरेको छ ।
ख) दैनिकी लेखकले पहिलो दिनको यात्रा कसरी पूरा गरे ?
बिहान साढे तीन बजे ब्युँझिएका लेखक नित्यकर्म गरी चार बजेतिर पाँच जना साथीहरूसहित गुल्मीको तल्लो फाँटबाट जिप चढी राराको यात्रा सुरु गरी रुद्रावती नदी तरी किनारै किनार हुँदै निस्किएका थिए । उनीहरूको टोली मकुवा, चौरकोटे, उल्लीरकोल्ला, स्वैरेनीका फाँटहरू छिचोल्दै रिडी पुग्यो । त्यसपछि अर्जुनी, जोतेल, लगुवा, हार्थिक हुँदै करिब साढे सात बजे पाल्पा तानसेन पुगेर पकौडा, चुकाउनी र चिया खाएर नौ बजे बुटवल पुगेका लेखक साँझ चार बजे कोहलपुर पुगेका थिए ।
ग) रारा पुगेर लेखक किन खुसी भए ?
गुल्मीबाट रारासम्मको यात्रा गर्ने क्रममा कर्णाली नदी किनार, अर्घाखाँची बाटो, फाँट, नागबेली घुम्ती बाटो, पूर्व पश्चिम राजमार्ग, कर्णाली राजमार्ग, सुन्दर उपत्यका, सिंजा उपत्यका, रमणीय बस्ती, खेत आदि दृश्यहरू देखेर लेखकले आनन्दको अनुभूति गरेका थिए । चारैतिर सदाबहार वनस्पतिले भरिएका पहाड र डाँडाहरूले घेरिएको रारा ताल देखेर उनी खुसी भए ।
घ) यस दैनिकीमा लेखकको कस्तो प्रकारको अनुभूति प्रस्तुत भएको छ ?
यस दैनिकीमा लेखकले बाटामा देखिएका र भोगेका स्थानलाई आफ्नै आधारमा प्रस्तुत गरेका छन् । उनले राराको वर्णन पनि निजी अनुभूतिका आधारमा गरेका छन् । आफ्नो सपनाको गन्तव्य रारा तालमा पुग्दा रारा तालका बैतल लहरहरूलाई बैंसले उच्छल्किएका अथवा पिरती गाँस्न तताएका हुन् ठम्याउन गाह्रो परेको रोमाञ्चित अनुभूति गरेका छन् । यहाँको रमणीय प्राकृतिक वातावरण देखेर गौरवले छाती फुलाउँदै नेपाली हुनुको गौरव अनुभूति गरेका छन् । तसर्थ यस दैनिकीमा लेखकको निजी व्यक्तिगत अनुभूति प्रस्तुत भएको पाइन्छ ।
ङ) यस दैनिकीमा प्रकृतिलाई कसरी मानवीकरण गरिएको छ, वर्णन गर्नुहोस् ।