Nepali · Chapter 9
Study notes aligned to the official NEB syllabus.
'सफलताको कथा' रिपोर्ताजमूलक रचना हो । यस रिपोर्ताजमा योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक शान्ति प्रदान गर्छ भन्ने भावलाई प्रकाश पारिएको छ ।
क) ध्यान गर्नका लागि म पात्र कहाँ कहाँ पुगेको थियो ?
ध्यान गर्नका लागि म पात्र लुम्बिनीको स्तूप, चैत्य, पिपलको रुखमुनि, देवालयको खुला मैदान, पशुपति आदि ठाउँहरूमा पुगेको थियो ।
ख) गोठाटारले म पात्रलाई किन आकर्षित गर्थ्यो ?
गोठाटारको शान्त, एकान्त र योगसाधनाका लागि अनुकूल वातावरणले म पात्रलाई आकर्षित गर्थ्यो ।
ग) "हजारौं माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ" भन्नुको तात्पर्य के हो ?
कुनै पनि महान कार्य वा ठुला ठुला कामको सुरुवात सानो योजनाबाट नै हुन्छ भन्नु नै हजारौं माइलको यात्रा एक सानो पाइलाबाट सुरु हुन्छ भन्नु हो ।
घ) योगले मानव जीवनलाई कसरी परिवर्तन गर्छ ?
योगले मानव जीवनमा एकाग्रता ल्याई नयाँ ऊर्जा र सकारात्मक सोच दिने भएकाले जीवनलाई परिवर्तन गर्छ ।
क) सुन्दर दुनियाँमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो ?
योग र साधनाले मनमा रहेका विचारहरू हटाएकाले उनमा नयाँ सोच र चेतना आयो । प्राणायाम, प्रत्याहार, धारणा र ध्यान हुँदै समाधिको यात्रा तय गरिने कुरा बुझेकाले मनको विचार हट्दै गई सुन्दर दुनियाँमा बाँच्ने इच्छाशक्ति जागृत भयो ।
ख) कथामा म पात्रको सुन्दरले सफलता प्राप्त गर्नका लागि गरेका प्रयत्नहरूलाई क्रमबद्ध रूपमा टिपोट गर्नुहोस् ।
क) रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ ?
रिपोर्ताजमा प्राकृतिक परिवेशलाई मानिसको मनको शान्तिसँग तुलना गर्दै वर्णन गरिएको छ । अमृतलाई गोठाटार औधी मन पर्नुको कारण पनि प्राकृतिक परिवेश नै थियो । गोठाटारको शान्त वातावरणमा पात्रलाई राखेर एकान्त र शान्त परिवेशको सिर्जना गर्दै त्यसको सकारात्मक प्रभावलाई चित्रण गरिएको छ । त्यसर्थ रिपोर्ताजमा प्राकृतिक परिवेशलाई सुन्दर, शान्त र आकर्षक ढङ्गले मानवीकरण गरी वर्णन गरिएको छ ।
ख) सुन्दर धनत्यालको सफलताको कथा संक्षिप्त रूपमा लेख्नुहोस् ।
सुन्दर मध्यमवर्गीय परिवारमा हुर्किएको व्यक्ति हो । म्याग्दीको गाउँमा जन्मिए पनि सुन्दरले काठमाडौंको नाम चलेको विद्यालयबाट एस.एल.सी. पास गरी विज्ञान विषय लिई उच्च माध्यमिक तह उत्तीर्ण गरेको र सिभिल इन्जिनियरिङमा स्नातक गरेको थियो । उसको बुवाको अचानक मृत्यु भएपछि उसको पढाइमा रोकावट आयो । उसकी आमालाई पनि क्यान्सर लागेको रहेछ । दिल्लीमा गई उपचार गराउँदा आमा ठिक हुनुभयो तर परिवार ऋणमा डुबेको थियो । परिवारले केही जमिन बेचेर ऋण तिर्यो । त्यसपछि एक दिन डा. युरेन्द्र भाकाको क्लिनिकमा गई योग र ध्यानका विधि अपनाउँदा क्रमशः सुन्दरको मन शान्त हुन थाल्यो । योगको विषयमा बोध गर्दै जाँदा मनको विचार हटी बाँच्ने इच्छाशक्ति जागृत भयो ।
ग) पाठको मुख्य सन्देश के हो ?
जीवन उतारचढावको सम्मिश्रण हो । जस्तो परिस्थिति छ त्यससँग सहमत भएर अघि बढे जीवन स्वाभाविक रूपमा चल्छ । सुख र दुःख भनेका मानिसका जीवनमा आइरहने घामछाया जस्तै हुन् । परिस्थितिसँग सहमत हुन नसक्दा मानसिक चिन्ता सुरु हुन्छ र यसले दुःख मात्र दिन्छ । जीवनमा आइपर्ने हरेक समस्यासँग जुधेर त्यसको समाधान निकाल्नुपर्छ । यसका लागि साहस चाहिन्छ । मनलाई सधैं शान्त र स्थिर पार्नुपर्छ । इच्छाशक्ति भयो भने जस्तोसुकै समस्याबाट पनि मुक्ति पाउन सकिन्छ । अतः सुखी र निरोगी जीवनका लागि योगाभ्यास आवश्यक हुन्छ भन्ने भाव नै यस पाठको मुख्य सन्देश हो ।