Nepali · Chapter 6
Study notes aligned to the official NEB syllabus.
'त्यो फेरि फर्कला ?' भवानी भिक्षुद्वारा रचित मनोवैज्ञानिक कथा हो । यस कथामा प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त चाहना, आवेग र संवेगका उतारचढावको मार्मिक चित्रण गरिएको छ ।
क) "ता" प्रत्यय लागेका चारवटा शब्द खोज्नुहोस् ।
उदासीनता, शून्यता, प्रसन्नता र उत्फुल्लता ।
ख) चारवटा उपसर्गबाट उत्पन्न शब्द पहिचान गर्नुहोस् ।
दुष्कल्पना, असुविधा, प्रकार र प्रदीप्त ।
ग) यस अनुच्छेदमा प्रयुक्त दशवटा तत्सम शब्दको सूची बनाउनुहोस् ।
यात्री, भयानक, प्रतीक्षा, शून्य, आशा, भावना, दुष्कल्पना, नित्य, प्रकार र प्रदीप्त ।
क) सानी के कारणले निस्तब्ध भई ?
सानीले त्यस यात्रीकी श्रीमती होली भन्ने कुरा सम्झिएर निस्तब्ध भई ।
ख) यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?
यात्री सुतेको देखेपछि सानीलाई यात्रीलाई जगाउने डर र लोभ दुवै भयो ।
ग) ढिब्री बालेपछि सानीलाई किन डर लाग्यो ?
ढिब्री बालेपछि आमा वा यात्रीले थाहा पाउने हुन् कि भनेर सानीलाई डर लाग्यो ।
घ) सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?
यात्रीप्रतिको आकर्षण प्रस्तुत गर्न नसके पनि यात्रीलाई नहेरी नहुने उत्सुकताले सानीको मनोदशा परिवर्तित भएको छ ।
क) सानीको प्रतीक्षाले उसको कस्तो मनस्थितिलाई देखाएको छ ?
सानीको प्रतीक्षाले उसको यौन मनस्थितिलाई देखाएको छ । युवा यात्रीप्रतिको अत्यन्त प्रेमाकर्षणका कारण दमित यौन कुण्ठाको शिकार बनेकी सानीको दमित यौनेच्छालाई उद्घाटन गरी सानीको अवचेतन मनले चेतन मनमा पारेको प्रभावका कारण उसको जीवनमा आएको विक्षिप्त मानसिक उतारचढावलाई प्रस्तुत गरिएको छ ।
ख) सानीको जीवनमा के कस्ता उतारचढावहरू देखिन्छन् ?
सानीको जीवनमा धेरै ठुला ठुला मनोवैज्ञानिक उतारचढावहरू देखिन्छन् । विवाह गरेर पोइको घरमा गएपछि पनि सानीले कुनै क्षण त्यो एक रात वास बसेको यात्रीलाई बिर्सन सकेकी छैन । सानीको जीवनमा तृष्णा, मोह, आसक्ति, कुण्ठा, छटपटी, बेचैनी, चाहना, निराशा जस्ता उतारचढावहरू देखिन्छन् ।
ग) सानीको प्रतीक्षा कसरी समाप्त भयो ?
आमाको मृत्युपछि माइतमै पुरानै पेसा चलाई बस्ने क्रममा यात्रीको पुनरागमन हुन्छ तर सानीको एकतर्फी प्रेमको आभास यात्रीलाई भने हुँदैन । अतः यात्रीले सानीप्रति कुनै प्रेमभाव, आग्रह नराखेको कुरा थाहा पाएपछि सानीको प्रतीक्षा समाप्त भयो ।
घ) यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
सानी आफूलाई सधैं यौवना नै सम्झिरहन्छे, आफ्नो उमेर कटेको पनि थाहा पाउँदिन । अतः आफ्ना सोचाइ, इच्छा र आकाङ्क्षा पुरा नहुँदा सानी शिथिल, क्लान्त, गलेजस्तो र बिरामी भएजस्तो हुन्छे । यसरी यस अनुच्छेदमा सानीको विक्षिप्त मनोविज्ञानको चित्रण गरिएको छ ।