साथीलाई चिठी
'साथीलाई चिठी' पाठमा वैदेशिक रोजगारका क्रममा मलेसिया पुगेका पूर्णविक्रमले आफ्ना साथी सूरजलाई लेखेको चिठीमार्फत परदेशको अनुभव र स्वदेश फर्केर केही गर्ने भावना व्यक्त गरिएको छ ।
शब्दभण्डार
१. दिइएका अर्थसँग मिल्ने शब्द लेख्नुहोस् :
- मलेसियाको मुद्रा : रिङ्गिट
- विदेश : परदेश
- नागरिक नभएको अवस्था : अनागरिक
- मर्न लागेकालाई बचाउने : मृतसञ्जीवनी
- सफा : कञ्चन
- उथलपुथल : उद्वेलित
- कार्य गर्ने क्षमता भएको : सामर्थ्य
- जन्मेको ठाउँ : जन्मथलो
२. जोडा मिलाउनुहोस् :
- रहर : इच्छा
- काम : कार्य
- पत्र : चिठी
- कडी : मुक्ति
- अन्तर : भिन्नता
३. दिइएका अनेकार्थी शब्दको अर्थ लेख्नुहोस् :
- मास : एक किसिमको दाल, महिना
- रवी : रूख, दालमा लगाइने मसला
- ताल : दह, नाचगानको ताल
- खाजा : अग्रभाग, टाठोबाठो
- फेरी : प्रदक्षिणा, हरिणको सिङ बजाउँदै हिँड्ने काम
- साँचो : सत्य, ताल्चा खोल्ने साधन
- खाड : खोल्टो सोतो, नदी बगेको जमिन
- अर्थ : अभिप्राय, धन
- चरण : पाउ, वेदको एक शास्त्र
- काल : समय, मृत्यु
४. वाक्यमा प्रयोग गर्नुहोस् :
- कहाली लाग्नु : मलाई छुट्टा भएको कहानी सुन्दा कहाली लाग्यो ।
- रोइकराइ गर्नु : समले रोइकराइ गरेर घुम्न जान्छु भनी बुवालाई फकायो ।
- हातमुख जोड्नु : धेरै नेपालीहरूलाई हातमुख जोड्नकै समस्याले विदेशिनु परेको छ ।
- उजुरी गर्नु : रामु काकाले प्रहरीमा उजुरी गर्नुभयो ।
- श्रम स्वीकृति लिनु : वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन आवश्यक छ ।
- अवैधानिक : गाँजाको व्यापार गर्नु अवैधानिक काम हो ।
- बदला लिनु : हरिको साथीसँग झगडा भएपछि बदला लिनलाई मौका कुरेर बसेको छ ।
- सहारा बन्नु : लक्ष्मीले बुढेसकालमा आमाबुवाको सहारा बन्नुपर्छ ।
अभ्यास
३. प्रश्नको उत्तर दिनुहोस् :
क) नेपालको जलराशिमा कस्तो सामर्थ्य रहेको छ ?
नेपालको जलराशिमा संसारकै मानिसहरूको प्यास मेटाउन सक्ने सामर्थ्य रहेको छ ।
ख) हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो ?
देशका जनताको दृढ इच्छाशक्ति र इमानदार प्रयत्न नभएकाले हाम्रो देशको विकासले गति लिन नसकेको हो ।
ग) परदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ ?
परदेशमा सिकेको सिप आफ्नै देशमा प्रयोग गर्नुका साथै अरूलाई समेत सिकाई स्वरोजगारको वातावरण सिर्जना गरेर देश विकास गर्न सकिन्छ ।
घ) देश विकासको मूल मन्त्र के रहेछ ?
हरेक जनताले इमानदारी गर्दै अगाडि बढ्नु नै देश विकासको मूल मन्त्र रहेछ ।
ङ) म पात्र किन घर फर्कन चाहेको हो ?
वैदेशिक रोजगारप्रति वितृष्णा भएर म पात्र घर फर्कन चाहेको हो ।