Nepali · Chapter 4
Study notes aligned to the official NEB syllabus.
'योगमाया' समाज सुधारका लागि सचेत विद्रोह गर्ने ऐतिहासिक योगसाधक योगमायाको जीवनी हो । यसमा उनको बाल्यकालदेखि जलसमाधिसम्मको सङ्घर्षपूर्ण जीवनयात्रा प्रस्तुत गरिएको छ ।
सासूससुरा भएको घर सबै दृष्टिकोणबाट राम्रो हुन्छ । बुहारीले घरमा सासूससुराको मन जित्न जान्नुपर्दछ । ननद र भाउजू वा बुहारीको उमेर मिल्ने भएमा उनीहरूबीच मित्र साथीजस्तो व्यवहार हुन्छ । जेठान घरका इज्जतिला पाहुना हुन् ।
क) योगमायाको जीवनी कति अनुच्छेदमा संरचित छ ?
योगमायाको जीवनी नौ अनुच्छेदमा संरचित छ ।
ख) चौथो अनुच्छेदमा कतिवटा वाक्य छन् ?
चौथो अनुच्छेदमा सातवटा वाक्य छन् ।
ग) दोस्रो अनुच्छेदमा योगमायाको जीवनको कुन अवस्थाको वर्णन छ ?
दोस्रो अनुच्छेदमा योगमायाको जीवनको बाल्यकालीन, वैवाहिक र पारिवारिक अवस्थाको वर्णन छ ।
घ) योगमायाको धर्मराज्यको सन्दर्भ कुन अनुच्छेदमा उल्लेख छ ?
योगमायाको जलसमाधिको सन्दर्भ आठौं अनुच्छेदमा उल्लेख छ ।
क) विधवा हुनु र पुनर्विवाह गर्नु
ख) माइती जानु
ग) आसामबाट फर्कनु
घ) आर्यसमाजी हुनु
ङ) दीक्षा लिई सन्न्यासी बन्नु
च) उफ्रौलीटारमा कुटी बनाउनु
छ) निराहार, अल्पाहार र जलाहार भएर तपस्या गर्नु
ज) दासप्रथा र सतीप्रथाका विरुद्ध आवाज दिनु
झ) अग्निसमाधिको घोषणा गर्नु तर असफल हुनु
ञ) जलसमाधिको तयारी र सफलता
क) योगमायाले कुटी बनाएका ठाउँहरूको नाम लेख्नुहोस् ।
योगमायाले कुटी बनाएका ठाउँहरू जोगिनी, मझुवाबेसी र उफ्रौलीटार हुन् ।
ख) मानिसहरू योगमायासँग प्रभावित हुनुको कारण के हो ?
ज्ञान र अनुभवका आधारमा पण्डितहरूसँग शास्त्रार्थ गर्ने, धाराप्रवाह प्रवचन दिन सक्ने खुबी भएका कारण मानिसहरू योगमायासँग प्रभावित हुन्थे ।
ग) योगमायाले कुन उद्देश्यले तपस्या गरेकी हुन् ?
साधनाको प्राप्ति र सबै प्रकारका मोहबाट मुक्त हुन योगमायाले तपस्या गरेकी हुन् ।
घ) 'उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पाहार तपस्यारत भइन्' भन्नुको तात्पर्य के हो ?
यसको तात्पर्य योगमायाले जीवनका सबै प्रकारका लोभ र मोहपाशबाट उन्मुक्ति र समाज सुधारको चाहना पूरा गर्नका लागि कहिले केही पनि नखाई, कहिले पानी मात्र खाई, कहिले थोरै मात्र खाई कठोर तपस्या गरिन् भन्ने हो ।
ङ) योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस् ।
योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले सशस्त्र रूप लिन्थ्यो होला ।