Nepali · Chapter 7
Study notes aligned to the official NEB syllabus.
'पर्यपर्यटनका सम्भावना र आयाम' तीर्थबहादुर श्रेष्ठद्वारा लिखित निबन्ध हो । यस निबन्धमा नेपालको पर्यावरणीय विविधता र त्यसमा आधारित पर्यपर्यटनका सम्भावनाहरूको चर्चा गरिएको छ ।
पर्यटनसँग सम्बन्धित शब्द : राफ्टिङ, कायाकिङ, क्यानोइङ, बोटिङ, मत्स्यशिकार, बाइक यात्रा, घोडसवार, रक क्लाइम्बिङ, गल्फ ।
पर्यावरणसँग सम्बन्धित शब्द : पोखरी, ताल, सिमसार, वनस्पति, घाँस, पात, पशुपन्छी, स्थलचर, जङ्गल, जलाधार ।
क) जलचरहरू के खाएर बाँच्छन् ?
जलचरहरू घाँस, पात, लेउ र झ्याउ खाएर बाँच्छन् ।
ख) जमिनले पोषण कसरी प्राप्त गर्दछ ?
जमिनले पशुपन्छी वा वनस्पति मरेर सडेपछि पोषण प्राप्त गर्दछ ।
ग) आहारको सञ्जाल कसरी निर्माण हुन्छ ?
चक्रीय पारिस्थितिक प्रणालीद्वारा आहारको सञ्जाल निर्माण भएको हुन्छ ।
घ) प्राणीहरू किन जन्मन्छन् र मर्दछन् ?
पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नका लागि प्राणीहरू जन्मन्छन् र मर्दछन् ।
क) पृथ्वी नै सबैको साझा घर हो, कसरी ?
पृथ्वी एक मात्र जीवित ग्रह हो । यहाँ जल, स्थल, वायु, आकाश र तेज जस्ता पञ्चतत्वहरू छन् । यिनै तत्वहरूको बिचमा जलचर, स्थलचर, नभचर र सबै चराचरले आफ्नो जीवन बिताउने भएकाले पृथ्वी नै सबैको साझा घर हो ।
ख) वायुमण्डल प्रदूषणका कारण पृथ्वीको सतह अप्रत्यासित दरले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ ?
पृथ्वीको पारिस्थितिक प्रणालीमा गडबडी भएमा प्राणी र वनस्पतिको अस्तित्व सङ्कटमा पर्छ । हाल वायुमण्डल प्रदूषणका कारण पृथ्वीको सतह अप्रत्यासित दरले तात्न थालेको छ, जलवायु परिवर्तन भएको छ, पारिस्थितिक प्रणाली नै बिथोलिएको छ, मानिस लगायत सम्पूर्ण प्राणी एवं वनस्पति जगत नै प्रभावित भएको छ । यो क्रम रोकिएन भने मानव अस्तित्व नै सङ्कटमा पर्ने भएकाले यसप्रति चासो र चिन्ता बढेको छ ।
क) पर्यटकीय गतिविधिका क्षेत्र के के हुन् ?
पर्यटकीय गतिविधिका क्षेत्रहरू जल, स्थल र आकाश हुन् । पर्वतारोहण, पदयात्रा, जङ्गल सफारी, अवलोकन, पर्वतीय बाइकयात्रा, घोडसवार, प्राकृतिक गुफा अन्वेषण, जलक्रीडा, राफ्टिङ, बोटिङ, मत्स्य विहार, पर्वतीय उडान, बन्जी जम्पिङ आदि पर्यटकीय गतिविधिका क्षेत्रहरू हुन् ।
ख) पर्यपर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ ?
पर्यपर्यटनका निम्ति आचारसंहिता पर्यटन व्यवसाय गर्ने र पर्यटक भएर आउने दुवै पक्षलाई आवश्यक छ । हामीले गर्ने प्रत्येक क्रियाकलापले हाम्रो पारिस्थितिक प्रणालीसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले पारिस्थितिक प्रणालीलाई स्वस्थ र दिगो बनाइराख्न पर्यटन व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायीले पर्यावरणमैत्री नीति, नियम र कानुन पालना गर्न आवश्यक छ ।